कोशी र गण्डकीसहितका पहाडी क्षेत्रमा वर्षा हुने , उच्च भेगमा हिमपातको सम्भावना

नेपालभ्युज

कोशी र गण्डकीसहितका पहाडी क्षेत्रमा वर्षा हुने , उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुने छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली बाहेकका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हिमपात पर्ने महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved