चालु आवको पुस मसान्तसम्ममा एनआइसी १६ परिसूचकमा उत्कृष्ट 

नेपालभ्युज

चालु आवको पुस मसान्तसम्ममा एनआइसी १६ परिसूचकमा उत्कृष्ट 

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको चालु आवको पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने सबै परिसूचकहरू सकारात्मक देखिएका छन् ।

पछिल्ला समय बैंकको बारेमा विभिन्न नकारात्मक टिक्काटिप्पणीहरु आइरहेको बेला बैंकले आफ्नो ६ महिने वित्तीय विवरण सार्वजनिक गर्दै सबै परिसूचकहरू उत्कृष्ट रहेको देखाएको हो ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता अन्य बैंकको तुलनामा १७७ प्रतिशतले बढी रहेको देखिएको छ । बैंकको खराब कर्जा पनि अन्य बैंकको अनुपातमा कम रहेको छ ।

समग्र १९ वाणिज्य बैंकको खराब कर्जा अनुपात ३.८१ प्रतिशत रहँदा एनआईसीको १.१९ प्रतिशत मात्र छ । जुन ६९ प्रतिशतले कम हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved