ग्रीसमा समलिङ्गी विवाहलाई कानुनी मान्यता

नेपालभ्युज

ग्रीसमा समलिङ्गी विवाहलाई कानुनी मान्यता

काठमाडौं । ग्रीसले ठूलो कदम चाल्दै समलिङ्गी विवाहलाई अनुमोदन गरेको छ ।

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परागत ईसाई देश हो।

सो विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ मतसहित पारित भएको छ । प्रस्तावको विपक्षमा ७६ मत खसेको थियो ।

ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् ।

प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, ‘नयाँ कानूनले यो गम्भीर असमानतालाई धेरै साहसी रूपमा हटाउनेछ।’

तर, यो नयाँ कानूनलाई लिएर ग्रीसका मानिसहरू विभाजित छन् । अर्थोडक्स चर्चबाट कडा विरोध भइरहेको छ।

एथेन्समा समलिङ्गी विवाहको विरोधमा चर्चका समर्थकहरूले प्रदर्शन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved