भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा सुरु गर्ने

नेपालभ्युज

भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा सुरु गर्ने

नयाँ दिल्ली । भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा शुरु गर्ने घोषणा गरेको छ।

संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिएका छन् ।

“म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु – यस किसिमको आकस्मिक सेवा यही राज्यबाट शुरु हुनेछ र त्यसका लागि हेलिकप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,” मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गरेका छन्  ।

सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्‍याउने छ । यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ । यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उनले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved