कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० मध्ये तीनजनाको सनाखत, तीसजना घाइतेको परिचय खुल्यो

नेपालभ्युज

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० मध्ये तीनजनाको सनाखत, तीसजना घाइतेको परिचय खुल्यो
तस्वीर गोरखापत्र

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार मृतकमध्ये तीनजनाको सनाखत भएको छ ।

रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ ।

घाइते हुनेहरुमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्की, बस चालक कन्चनपुरका ४० वर्षिय पूर्णबहादुर. चन्द, कैलालीका २४ वर्षिय महेश सुनार, बाँके राप्ति सुनारिका २३ वर्षिय शुशिल कुँवर रहेका छन् ।

त्यस्तै गुल्मि मालिका गाउपालिका–७ का २९ वर्षिय अर्जुन कार्की, कन्चनपुर भिमदत्त नगरपालिकाका २८ वर्षिय सन्तोष चौधरी, बसका सहचालक कन्चनपुर महेन्द्रनगर नगरपालिकाका ३५ वर्षिय केशव हमाल, बैतडि मेनौलि नगरपालिकाका २२ वर्षिय राजेश दयाल, कन्चनपुर महेन्द्र नगर नगरपालिका– १ का १८ वर्षिय नितेश सुनार र गोरखाका शहिद लखन गाउपालिका–७ का ३० वर्षिय मनोज बिक पनि दुर्घटनामा घाइते भएका छन् ।

यसैगरी, दार्चुला शैलेस शिखर नगरपालिकाका २४ वर्षिय नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिकाकी ३३ वर्षिया गिता कुँवर र उनका १२ वर्षीय छोरा नबिन , ओखलढुङ्गा झारपुर गाउपालिकाका १९ वर्षीय बिसन भुजेल र कन्चनपुर शुक्ला फाटा नगरपालिका ११ का ३१ वर्षिय मोहन सिंह लोहार घाइते भएका हुन् ।

काठमाडौं माहानगरपालिका– ३ का ४१ वर्षीय अनिल तन्डुकार, कन्चनपुर भिमदत्त नगरपालिका १६ का ५४ वर्षिया नारायणी थापा र सोही नगरपालिकाका २८ वर्षीय दिपेन्द्र बोहोरा, कैलाली लम्किचुवा नगरपालिकाका २७ वर्षीया रेखा आचार्य र कन्चनपुर भिमदत्त नगरपालिकाका ४१ वर्षीया शान्ति सिंहको चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, कैलाली गेरुवा गाउँपालिकाका ३२ वर्षिय गणेश काफ्ले उनकी २७ वर्षीया श्रीमती रेखा आचार्य, छोरी तीन वर्षीया श्रृष्टि काफ्ले घाइते भएका छन् ।
भारत उत्तर प्रदेश मुद्राबास बस्ने ३५ वर्षीय मोहमद रिजन, सोही स्थान बस्ने ५४ वर्षीय अनिस मनियार, धादिङ सिप्ले गाउपालिका–२ का २५ वर्षीय कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिकाका २० वर्षीय सुमन बिष्ट, कन्चनपुर भिमदत्त नगरपालिका– १ बस्ने २० वर्षीय मनोज सिंह धामि र सोही नगरपालिका बस्ने २० वर्षीय अशोक सिंह साथै कन्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने ३६ वर्षीय ज्ञानेन्द्र पाल घाइते भएका हुन् ।

बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द,

सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार,

राप्ती सोनारी –२ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका – ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्।

उनीहरु सबै गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ ।

राजमार्गको सुरही पुलनजिकै बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरबाट काठमाडौं आउदै गरेको रात्रीबस तिब्र गतिका कारण राती २ बजे तिर सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।

तस्वीर गोरखापत्र

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved