कपिलबस्तुमा रात्री बस दुर्घटना, १० जनाको मृत्यु, ३० जना घाइते

नेपालभ्युज

कपिलबस्तुमा रात्री बस दुर्घटना, १० जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार मृतकमध्ये तीनजनाको सनाखत भएको छ ।

रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ ।

राजमार्गको सुरही पुलनजिकै बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरबाट काठमाडौं आउदै गरेको रात्रीबस तिब्र गतिका कारण सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।

बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की,   बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द,

सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार,

राप्ती सोनारी  -२ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका – ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी,  बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्।

उनीहरु सबै गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved