कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट​ रहेको दाबी

नेपालभ्युज

कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट​ रहेको दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।​ बैंकले बुधवार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको जनाएको हो ।

‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वः पुँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको बैंकले जनाएको छ ।

यस्तै, कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवं बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्यमा पर्दै आएको पनि बैंकले जानकारी दिएको छ ।

‘…बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकताबद्ध, दृढ, एवं रुपान्तरणकारी हिसाबले सबै सरोकार वालाहरूको हित संरक्षण र सम्बर्द्धन गर्न मन, बचन र कर्मले अहोरात्र खटिरहेको तथ्यसमेत सम्पूर्ण सरोकार वालाहरूलाई प्रष्ट पार्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved