राप्रपाले आफ्नो अभियान बिथोल्न खोजेको प्रसाईंको आरोप

नेपालभ्युज

राप्रपाले आफ्नो अभियान बिथोल्न खोजेको प्रसाईंको आरोप

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग वार्ता नगर्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मलेन गर्दै उनले यस्तो बताएका हुन् ।

राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको प्रसाईंको आरोप छ ।

उनले आफू एमालेको केन्द्रीय सदस्य रहेको बताउँदै राप्रपामा भित्रिने कुरा कल्पना भन्दा बाहिर रहेको बताए ।

प्रसाईंले आफूले अभियानमा राप्रपाका मानिससमेत नल्याउने बताए । उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved