सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन 

नेपालभ्युज

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन 

काठमाडौं  । कारोबार हुने साताको चौथौं दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ९१ अंकले बढेको छ । आज ३०२ कम्पनीका ७४ हजार ६ सय ७५ पटकको कारोबारमा १ करोड २३ लाख ६३ हजार ०२७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २७ अंकले बढेर ३ सय ७२ दशमलव २७ विन्दुमा पुगेको छ ।

बुधबार सबैभन्दा बढी हाइड्रो पावर कम्पनीहरूको कारोबार भएको छ । हाइड्रो समूहको ५२ लाख ८ हजार ९ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७८ करोड २२ लाख ८९ हजार ०२२ रुपैयाँ रहेको छ ।

त्यस्तै, फाइनान्स कम्पनीहरूको १८ लाख ७७ हजार ६ सय ९७ कित्ता किनबेच हुँदा ७६ करोड ८१ लाख ६६ हजार ०५७ रुपैयाँको कारोबार भएको छ । भने, डेभलपमेन्ट बैंकहरुको कुल कारोबार ३१ करोड ८१ लाख ८० हजार २ सय ६१ रुपैयाँ हुँदा ८ लाख ९१ हजार ५ सय १३ कित्ता सेयर किनबेच भएको छ ।

त्यसै गरी, आज कर्पोरेट डिभेन्चरहरुको सबैभन्दा कम कारोबार भएको छ । कर्पोरेट डिभेन्चरको २ हजार ६७ सेयर कित्ता  किनबेच हुँदा २५ लाख ३८ हजार ४ सय ६५ रुपैयाँको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved