चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौंः मुख्यमन्त्री पाण्डे

नेपालभ्युज

चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन् ।

मंगलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले पोखरालाई मुलुककै पर्यटकिय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताए । उनले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्यन गर्ने बताए ।

उनले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत रहेको भन्दै प्रदेश सरकारले के गर्न सक्छ  भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनले गण्डकी प्रदेश सरकारले पर्यटकीय पदमार्गको संरक्षणको लागि पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने र बजेट विनियोजन नगर्ने नीति लिएको बताए । उनले पदमार्गमा बाटोको संरक्षण गर्ने दायित्व आम जनताको भएको भन्दै सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित नगर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved