प्रचण्डलाई ओलीको प्रश्न : सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ?

नेपालभ्युज

प्रचण्डलाई ओलीको प्रश्न : सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए ।

अध्यक्ष ओलीले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको आरोप लगाए ।

‘सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ?’ भन्दै उनले प्रश्न गरे । उनले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे ।

हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved