३० दशमलव ५६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमाथि

नेपालभ्युज

३० दशमलव ५६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमाथि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३० दशमलव ५६ अंकले घटेर २०७० दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज ३०५ कम्पनीका ८२ हजार ८ सय ९९ पटकको कारोबारमा १ करोड २८ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९९ अंकले घटेर ३६९ दशमलव ९९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved