बच्चा धेरै रोएको भन्दै भूँइमा पछारेर मार्ने पक्राउ, आमासँग पनि सोधपुछ

पछारिएपछि बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालभ्युज

बच्चा धेरै रोएको भन्दै भूँइमा पछारेर मार्ने पक्राउ, आमासँग पनि सोधपुछ

काठमाडौं । झापामा आफैँले आश्रय दिएका ८ महिने बालकलाई भूँइमा पछारेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ बेलडाँगीको भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पन्चवीर घिसिङ छन् ।

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीय महिलाका ८ महिनाका छोरा एरित ओलीलाई घिसिङले भूँइमा पछारेका थिए ।

पछारिएपछि बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

बच्चा धेरै रोएको भन्दै उनले पछारेको उनले बताएका छन् । बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved