एनआईसी एशियाले भन्यो : कर्जा जोखिम भारको दर तोडमोड गरिएको छैन

नेपालभ्युज

एनआईसी एशियाले भन्यो : कर्जा जोखिम भारको दर तोडमोड गरिएको छैन

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जाको जोखिम भारको दरलाई तोडमोड गरिएको भन्ने समाचार भ्रामक रहेको जनाएको छ ।

बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हाल केही सञ्चार माध्यममा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका समाचार आइरहेको भन्दै ती समाचार झुटो र तथ्यहीन रहेको बताएको छ ।

बैंकको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘Claims Secured by Residential Properties भित्र कस्ता कस्ता कर्जा पर्ने भन्ने सम्बन्धमा अन्य वाणिज्य बैंकले जस्तै आफ्नो बुझाई अनुरूप वर्गीकरण गरी नेपाल राष्ट्र बैंक समक्ष Reporting गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरेको छ । यस सम्बन्धमा बैंकको बुझाइलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई Reporting गरिसकिएको छ ।’

बैंकले रियल स्टेट क्षेत्रमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १० दशमलव १४ प्रतिशत मात्र कर्जा प्रवाह गरिरहेको जनाएको छ ।  यद्यपि, सो क्षेत्रमा बैंकको कुल लगानी गर्न सक्ने क्षमता २५ प्रतिशत रहेको बैंकको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved