द्वन्द्व र लडाईंका कारण विश्वकै अथर्तन्त्र खतरामा रहेको विश्व बैंकको चेतावनी

नेपालभ्युज

द्वन्द्व र लडाईंका कारण विश्वकै अथर्तन्त्र खतरामा रहेको विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफले विश्वको अर्थतन्त्र खतरामा परेको जनाएको छ । इजरायल र गाजाबीचको युद्ध लगत्तै सुरु भएको रेड सी क्षेत्रमा भइरहेको आक्रमणले विश्वको अर्थतन्त्र खतरामा परेको तथ्यांक सार्वजनिक भएको हो ।

रेड सीमा ढुवानी जहाज लक्षित आक्रमणका कारण मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारिसकेको भन्दै युद्ध जारी रहे विश्वमा नै असर पर्नसक्ने आइएमएफले जनाएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीले प्यालेस्टिनीसँगको सहकार्यमा इजराइलसँग सम्बन्धित ढुवानीलाई निशाना बनाइरहेका छन् । हुथी विद्रोहीको आक्रमणबाट जोगिन मालवाहक जहाजहरुले लामो र महँगो रुट प्रयोग गर्न बाध्य भएका छन् ।

हुथी आक्रमण सुरु भए यता, ढुवानी ४० प्रतिशतभन्दा धेरैले घटेको आइएमएफले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved