कञ्चनपुरका युवक हत्या प्रकरणमा प्रहरी नै पक्राउ, पाँच महिनापछि अनुसन्धान तीव्र

लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि एकजना प्रहरीसहित अर्का एक पक्राउ परेका हुन् । उनीहरु पक्राउपछि घटनाको पाँच महिनापछि अनुसन्धान तीव्र बनेको छ ।

नेपालभ्युज

कञ्चनपुरका युवक हत्या प्रकरणमा प्रहरी नै पक्राउ, पाँच महिनापछि अनुसन्धान तीव्र

धनगढी । कञ्चनपुरमा एक युवक हत्या प्रकरण सहायक प्रहरी हवलदारसहित २ जना पक्राउ परेका छन् ।

लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि एकजना प्रहरीसहित अर्का एक पक्राउ परेका हुन् । उनीहरु पक्राउपछि घटनाको पाँच महिनापछि अनुसन्धान तीव्र बनेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी छन् । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए । पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवलदारसमेत हुन् ।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जङ्गलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा शृङ्गारका सामान बिक्रीको काम गरिरहेको बताएका थिए । उनी दसैँ मनाउन घर फर्किने कुरा थियो । तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जङ्गलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved