आइपीओ निष्कासनको पहिलो वर्षमै बोनस सेयर बाँड्दै हिमालयन रिइन्स्योरेन्स

नेपालभ्युज

आइपीओ निष्कासनको पहिलो वर्षमै बोनस सेयर बाँड्दै हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओको निकालेको पहिलो वर्षमै ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

हालै मात्र सर्वसाधारणमा सेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओको पहिलो वर्षमै ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

यही माघ २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरी फागुन २० गते हुन गइरहेको कम्पनीको तेस्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

यसका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पुँजी २० अर्ब पुर्‍याउन निर्देशन दिएकाले कम्पनीले बोनस सेयरपछि हुने चुक्ता पुँजी १० अर्ब ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेस्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८-७९ को तुलनामा आ.व. २०७९-८० मा ५३५ प्रतिशतले वृद्धि भई ५४६ करोड पुगेको छ भने कम्पनीको खुद नाफा आ.व. २०७८-७९ को तुलनामा आ.व. २०७९-८० मा १२२ प्रतिशतले वृद्धि भई ६५ करोड पुगेको छ ।

कम्पनीले हालै मात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमा सम्बन्धी नियामयकी निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ्ग एजेन्सी AM Best Pte. Ltd. ले कम्पनीको रेटिङ्ग B वा  B+ मा स्तरोन्नति गरिदिएको थियो ।

नेपालको निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको एक पछि अर्को सफलताले कम्पनीको आगामी दिनमा सफलताको थप खुड्किलाहरू पार गर्दै दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रूपमा आफूलाई उभ्याउने विश्वास कम्पनीले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved