शाहिद र कृतिले हँसाए सिनेमाघरमा

नेपालभ्युज

शाहिद र कृतिले हँसाए सिनेमाघरमा

एजेन्सी । बलिउड अभिनेता शाहिद कपूर र कृति सेनन स्टारर तथा अमित जोशी र आराधना शाहद्वारा निर्देशित फिल्म ‘तेरी बातो मैं ऐसा उलझा जिया’ सिनेमाघरमा आइसकेको छ ।

यो फिल्म शुक्रबार ९ फेब्रुअरीमा सिनेमाघरमा रिलीज भएको छ । पहिलोपटक शाहिद र कृतिको जोडी फिल्ममा देख्न पाइनेछ ।

यसैसँगै फिल्मको कमाईको चर्चा पनि बलिउड नगरीमा चल्न थालिसकेको छ । फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ ।

फिल्म एकपटक हेर्नुपर्ने दर्शकको भनाई छ । लामो समयपछि एउटा हाँस्य खालको फिल्म आएको हेर्नेले बताएका छन् ।

ताजा खबरअनुसार शाहिद र कृतिको यस फिल्मले पहिलो दिनमै ६ देखि ७ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ । रिपोर्टअनुसार यो कमाईलाई नराम्रो भन्न मिल्दैन ।

फिल्ममा कृति सेनन एउटा रोबोटको भूमिकामा देखिएकी छन् भने शाहिद कपूर रोबोटिक इन्जीनियर आर्यन अग्नीहोत्रीको भूमिकामा देखिएका छन् ।

फिल्ममा डिम्पल कपाडियाले शाहिद कपूरकी सानिमाको भूमिका निभाएकी छन् । फिल्ममा एक मानिस र रोबोट बीचको प्रेम कथा देखाइएको छ ।

शाहिद कपूर रोबोट कृति सेननसँग विवाह गर्न चाहन्छन् । यसैबीच फिल्ममा विभिन्न ट्वीस्ट र मोड आउँछन् । यो फिल्म परिवारसँग बसेर पनि हेर्न मिल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved