अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी अधिकारीको सरुवा

नेपालभ्युज

अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी अधिकारीको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतसँगको विवादमा संलग्न ३ प्रहरी अधिकारीको सरुवा भएको छ ।

गृह मन्त्रालयको छानबिन समितिले निलम्बन सिफारिस गरेको असई सञ्जय तामाङ र दुई जवानको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।

माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो ।

घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समिति गठन गरिएको थियो । सो समितिले घटनामा संलग्न प्रहरीलाई निलम्बन सिफारिस गरेको थियो ।

तर, समितिको निर्देशन बेवास्ता गर्दै ती प्रहरी अधिकारीको सरुवा गरिएको हो । सरुवा गर्नुपनि एक प्रकारको कारबाही भएको प्रहरी स्रोतको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved