झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन

नेपालभ्युज

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा झिनो अंकको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक ५ दशमलव ७४ अंकले बढेर २०९६ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१७ कम्पनीका ६७ हजार २ सय ७३ पटकको कारोबारमा ९ करोड १७ लाख १ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ६७ अंकले बढेर ३ सय ७८ दशमलव ६४ को विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved