कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण नगरौं : सांसद शर्मा

नेपालभ्युज

कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण नगरौं : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताएका हुन् । उनले सरकारको यस पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए ।

सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न उनले आग्रह गरे । शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्यसंयन्त्र र संरचनाहरुको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।

कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण गर्नु नहुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved