घरेलु क्रिकेटले फेर्यो राष्ट्रिय टोलीको स्वरुप, सफल होला मोन्टीको योजना ?

म्यानेजर दास भन्छन्: खेलाडीको बेस जाँच्ने एउटा अवसर हो

‘हामीले घरेलु प्रतियोगिता, पछिल्लो प्रदर्शन तथा प्रधानमन्त्री कपको प्रदर्शनलाई मध्यनजर गर्दै निरन्तर राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरुलाई रिवार्ड गरेका हौं,’ म्यानेजर दासले भने ।

घरेलु क्रिकेटले फेर्यो राष्ट्रिय टोलीको स्वरुप, सफल होला मोन्टीको योजना ?

काठमाडौं। पछिल्लो समय नेपाल क्रिकेटको माहोलमा रमिरहेको छ। एकपछि अर्को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली फ्यानलाई आनन्दित तुल्याइरहेको छ ।

केहि दिन अगाडि मात्र पुरुषको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भयो। नेपालको यू–१९ टोलीले पनि आईसीसी यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरेर फर्कियो। बिहीबारदेखि भने नेपाल र क्यानडाबीचको सिरिज सुरु हुँदैछ। त्यसलगत्तै विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग नेपालले प्रतिस्पर्धा गर्नेछ।

दुवै सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा २ फरक टोली घोषणा गरिएको छ। घोषित टोलीमा प्रशिक्षक मोन्टी देशाईले युवा खेलाडीलाई मौका दिएका छन् । महत्त्वपूर्ण खेलमा उनले आलोपालो नयाँ खेलाडीलाई मौका दिइरहेका छन् । क्यानडाविरूद्धको सिरिज र लिग-२ मा पनि उनलै यो जोखिम उठाएको बुझ्न सकिन्छ ।

क्यानडाविरुद्धको सिरिजमा भने दीपेन्द्र सिंह ऐरी, गुल्सन झा र करण केसीलाई समावेश गरिएको छैन। क्यानडाविरुद्धको सिरिज नेपालका लागि प्रयोग गर्ने अवसरका रूपमा पनि देखिएको छ। तर, सो सिरिज खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर हो ।

क्यानडासँग खेल्ने नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन्। लगत्तै महत्त्वपूर्ण प्रतियोगिता सुरु हुने भएकाले देशाईले यो टोलीमा दीपेन्द्र सिंह ऐरी, गुल्सन झा र करण केसीलाई भने आराम दिएका छन् ।

लिग–२ खेल्ने नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् । प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ।

‘हामीले घरेलु प्रतियोगिता, पछिल्लो प्रदर्शन तथा प्रधानमन्त्री कपको प्रदर्शनलाई मध्यनजर गर्दै निरन्तर राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरुलाई रिवार्ड गरेका हौं,’ म्यानेजर दासले भने ।

आसन्न दुई सिरिजको लागि राष्ट्रिय टोलीमा देखिएको खेलाडीहरुको फेरबदल, कति खेलाडीको डेब्यू तथा कति खेलाडीको कमब्याकलाई लिएर हामीले राष्ट्रिय क्रिकेट टोलीका म्यानेजर विनोद दाससँग कुराकानी गरेका छौँ।

टोलीमा देखिएका नयाँ अनुहारलाई भने म्यानेजर दासले बलियो राष्ट्रिय टिम निर्माणको प्रयासका रूपमा बुझ्‍न आग्रह गरे । ‘हामीले घरेलु प्रतियोगिता, पछिल्लो प्रदर्शन तथा प्रधानमन्त्री कपको प्रदर्शनलाई मध्यनजर गर्दै निरन्तर राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरुलाई रिवार्ड गरेका हौं,’ म्यानेजर दासले भने ।

क्यानडाविरुद्धको सिरिजमा भने दीपेन्द्र सिंह ऐरी, गुल्सन झा र करण केसीलाई समावेश गरिएको छैन। क्यानडाविरुद्धको सिरिज नेपालका लागि प्रयोग गर्ने अवसरका रूपमा पनि देखिएको छ। तर, सो सिरिज खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर रहेको उनको भनाइ छ।

नयाँ अनुहारबारे म्यानेजर दास भन्छन्, ‘घरेलु क्रिकेटमा प्रदर्शन गरेपछि त्यसको प्रतिफल पाउनु पर्छ भन्ने नै कुरा हो। अब राष्ट्रिय टोलीमा पनि अर्को लेफ्ट आर्म स्पिनरको रुपमा समावेश गर्न सकिन्छ कि भन्ने नै हामी सोचिरहेका छौँ।’

‘क्यानडासँगको सिरिजलाई प्रयोगको रुपमा भन्दा पनि हाम्रो खेलाडीको बेस जाँच्ने एउटा अवसर हो। दिपेन्द्र,करण र गुल्सनको क्षमता हामीलाई थाहा छ। अरु खेलाडीहरुलाई पनि अवसर दिएर हेर्ने प्रयास गरेका छौँ,’ म्यानेजर दासले भने, ‘नयाँ खेलाडीहरुले कतिको आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन्। यो अवसरलाई कसरी प्रयोग गर्छन्, आफ्नो क्षमता कसरी देखाउँछन्। सिरिज सीडब्लूसीमा नगनिने हुँदा यो एकदिवसीय उनीहरुको लागि ठुलो अवसर बन्न सक्छ।’

हालै सम्पन्न प्रधानमन्त्री कपको आधारमा पनि खेलाडीलाई समावेश गरिएको छ। कुल ९ खेलमा ३० विकेट लिएर उत्कृष्ट खेलाडी घोषित भएका बागमती प्रदेशका स्लो लेफ्ट आर्म अर्थोडक्स बलर सूर्य तामाङलाई पनि टोलीमा समावेश गरिएको छ। १५ विकेट लिएका लेफ्ट आर्म मिडियम–फास्ट बलर रिजन ढकाललाई पनि टोलीमा छन्।

नयाँ अनुहारबारे म्यानेजर दास भन्छन्, ‘घरेलु क्रिकेटमा प्रदर्शन गरेपछि त्यसको प्रतिफल पाउनु पर्छ भन्ने नै कुरा हो। प्रतियोगिताको ९ वटा खेलमा नै आफुलाई साबित गरेका छन्। अब राष्ट्रिय टोलीमा पनि अर्को लेफ्ट आर्म स्पिनरको रुपमा समावेश गर्न सकिन्छ कि भन्ने नै हामी सोचिरहेका छौँ। उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो क्षमता पुष्टि गर्छन् भन्ने विश्वास राखेका छौँ।’

अनिल र पवनको राष्ट्रिय टोलीमा कमब्याकबारे भने म्यानजर दासले रोचक उत्तर दिए, ‘कमब्याक त तब हुन्छ जब उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा घरेलु खेलमा जसरी नै प्रदर्शन गर्छन्। उनीहरु घरेलु टोलीमा जहिले अब्बल साबित भएका छन्।

तथापि, राष्ट्रिय टोलीमा भएका स्पिनरले राम्रो गरे पनि टोलीलाई अर्को स्पिनरको आवश्यकता भएको पनि महसुस हुन्छ।

‘लेफ्ट आर्म स्पिनर अपुगभन्दा पनि ललित राजवंशीले राम्रो गरिरहेका छन्। नेपालबाट खेलेका सबै स्पिनरले नै राम्रो प्रदर्शन गरिरहेका छन्। सन्दीपको अनुपस्थितिमा भने अर्को स्पिनरको लागि ठाँउ बनाउन सक्ने देखिएको पनि हो। त्यसको उत्कृष्ट दावेदार को हुन सक्छ भनेर नै काम भईरहेको छ। यो प्रयोगभन्दा पनि खेलाडीको लागि अवसर सृजना गरिएको हो,’ म्यानेजर दासले प्रस्टाए।

यू–१९ विश्वकप क्रिकेटमा प्रभावशाली प्रदर्शन देखाएका आकाश चन्द पनि सिनियर टोलीबाट खेल्दैछन्। चोटका कारण विश्वकप गुमाएका हेमन्त धामीले आफ्नो क्षमता देखाउने अवसर पाएका छन्।

आकाश र हेमन्तबारे म्यानजर दास भन्छन्, ‘यू–१९ विश्वकप जस्तो ठुलो स्टेजमा आफ्नो प्रदर्शन देखाएपछि उनीहरुको लागि पनि राष्ट्रिय टोलीमा ढोका खुलेको हो। आकाशले यो अवसरलाई सदुपयोग गर्छ भन्ने आशा बोकेका छौँ। दुर्भाग्यवश विश्वकप अगाडि चोट लाग्दा हेमन्तले अवसर गुमायो। अहिले ठिक भईसकेको छ। अहिले उसले कसरी टोलीलाई सहयोग गर्छ भनेर हामी हेर्न आतुर छौँ।’

यस्तै, सन् २०१८ मा नेदरल्यान्ड्ससँग पहिलो एकदिवसीय खेल्दा सुरुवाती ११ मा रहेका अनिल साहले टोलीमा कमब्याक गरेका छन् । उनले सन् २०२२ पश्चात पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। प्रधानमन्त्री कपमा मधेस प्रदेशका लागि ९ खेलमा १ शतक र २ अर्धशतक प्रहार गरेका अनिल उत्कृष्ट ब्याटर घोषित भएका थिए।

‘खेल संख्या खेलाडीहरुलाई अवसर प्रदान गर्नको लागि नै बढाइएको हो। लगातार ३ सिरिज चल्दैँ गर्दा धेरै खेलाडीलाई रोटेट गर्न पाइरहेका छौँ। जसले गर्दा अवसर सृजना भईरहेको छ। जुन राम्रो हो।’

सन् २०२२ मा केन्याविरुद्धको सिरिजपश्चात टोलीमा नभएका पवन सर्राफले पनि राष्ट्रिय टोलीमा पुनः अवसर पाएका छन्।

अनिल र पवनको राष्ट्रिय टोलीमा कमब्याकबारे भने म्यानजर दासले रोचक उत्तर दिए, ‘कमब्याक त तब हुन्छ जब उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा घरेलु खेलमा जसरी नै प्रदर्शन गर्छन्। उनीहरु घरेलु टोलीमा जहिले अब्बल साबित भएका छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिन जरुरी छ। त्यसरी नै अन्तर्राष्ट्रिय स्तरमा आफुलाई स्थापित गरुन भन्ने नै सोचेका छौँ।’

अत्यधिक खेलाडीहरुलाई समेट्दैँ टोलीलाई बलियो बनाउने काम भईरहेको म्यानजर दासले बताए। ‘हामी कसरी हुन्छ धेरै खेलाडीलाई अवसर दिने सोच्दैँ छौँ। जब वर्ल्ड क्रिकेट लिगको टाइटल नजिकिन्छ, धेरै खेलाडीसँगको समूहमा काम गर्न पाइयोस भनेर सोचेका छौँ,’ उनले भने।

उनले खेलाडीहरुले अवसर पाइरहनु भन्ने नै नेपाल क्रिकेट संघ (क्यान)को सोचाइ रहेको बताए। ‘खेल संख्या खेलाडीहरुलाई अवसर प्रदान गर्नको लागि नै बढाइएको हो। लगातार ३ सिरिज चल्दैँ गर्दा धेरै खेलाडीलाई रोटेट गर्न पाइरहेका छौँ। जसले गर्दा अवसर सृजना भईरहेको छ। जुन राम्रो हो।’ उनले भने।

फरक प्रसङ्गमा आईसीसी यू–१९ विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रति पनि म्यानेजर दासले आफ्नो धारणा राखे। ‘सकेसम्म ब्याटिङमा हामीले अझैँ सुधार गर्न आवश्यक देखिएको छ। जति पनि ब्याट्सम्यानले अवसर पाए उनीहरुले ठुलो रनमा कन्भर्ट गर्न सकेनन्,’ म्यानेजर दासले भने, ‘असोसिएट राष्ट्रले त्यसरी प्रदर्शन गर्छ भने त्यसलाई नराम्रो भन्न सकिन्न। यो क्याम्पेन हाम्रो लागि असफल भने भएन। आगामी दिनमा पक्कै पनि सुधार हुनेछ।’

नेपालको प्रदर्शनमा देखिएको समस्याबारे उनले भने, ‘हाम्रो राष्ट्रमा अझैँ रोबस्ट डोमेस्टिक स्ट्रक्चर छैन। हामीले सबै माथि गएर नै दिनु पर्ने अवस्था छ। रोबस्ट डोमेस्टिक स्ट्रक्चर नहुँदा अपेक्षा मात्र गरेर पनि हुँदैन। अहिले टोलीले लगातार ६ महिनादेखि क्रिकेट खेलिरहेकोले प्रतिस्पर्धा पनि गर्न सके। ब्याटिङ नै सिनियर र जुनियर दुवै टोलीमा हामी सबैको चिन्ताको विषय भने पक्कै पनि हो। सुधार आवश्यक छ। खेलहरु बढेसँगै अपेक्षित नतिजा आउँछ भन्ने आशा रहेको छौँ।’

क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने समयमा ए टोली बनाउने कार्य भईरहेको बताएको थियो। सोहि प्रसङ्गमा म्यानेजर दासले भने, ‘ए टोली निर्माणको लागि पनि काम भईरहेको छ। अबको करिब एकहप्तामा हामी ए टोली पनि घोषणा गर्ने तयारी गर्दैछौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved