प्रश्न नउठ्ने गरी विश्वविद्यालयको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा

नेपालभ्युज

प्रश्न नउठ्ने गरी विश्वविद्यालयको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबण्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले कुनैपनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताए ।

साथै, उनले संघीयतासँग सम्बन्धित कानून निर्माणमा सरकारले संसदको चालु अधिवेशनमा विशेष ध्यान दिने विश्वास समेत व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved