लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढ्यो

नेपालभ्युज

लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढ्यो

काठमाडौं । लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढेको छ । यसअघि आइतबार, सोमबार र मंगलबार सुन तोलामा क्रमश: ६ सय, ४ सय र ५ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबारकै भाउमा तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved