पाकिस्तानले गर्‍यो अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार

नेपालभ्युज

पाकिस्तानले गर्‍यो अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार

इस्लामावाद । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए ।

पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटना स्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान शुरु गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले डुङ्गामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आइएसपिआरले जनाएको छ ।

पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै सङ्कटग्रस्त डुङ्गाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved