ठगी आरोपमा मुलुककै पुरानो विद्यालय चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ

नेपालभ्युज

ठगी आरोपमा मुलुककै पुरानो विद्यालय चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा सिराहाको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ परेका छन् ।

व्यवसायीलाई ठगी गरेको आरोपमा प्रधानाध्यापक कर्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशन कुमार यादवले दायर गरेको ठगी मुद्दामा

अदालतले गरेको मुद्दाको सुनवाइका आधारमा कर्ण पक्राउ परेका हुन् । चन्द्र नमुना माध्यमिक विद्यालयको निर्माणका लागि खरिद गरिएका सिमेन्ट, छड लगायतको भुक्तानी नगरेपछि पसल संचालक यादव अदालत गएका थिए ।

१७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल नबुझाएको यादवको भनाइ छ । ६ वर्षदेखि धाउदा पनि भुक्तानी नदिएपछि अदालत गएको पसल सञ्चालक यादवले बताए ।

काठमाडौँ उपत्यका बाहिर पहिलो विद्यालय स्थापित भएको चन्द्र नमुना माध्यमिक विद्यालय तत्कालिन चन्द्र शमशेरको नामबाट नामकरण भएको विद्यालय सिराहा सदरमुकाम जिल्ला अदालतसँगै जोडिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved