हिमपातले हुम्ला सेताम्ये, किसान हर्षित (तस्वीरसहित)

नेपालभ्युज

हिमपातले हुम्ला सेताम्ये, किसान हर्षित (तस्वीरसहित)

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा मौसमा फेरबदल आएसँगै आइतबार विहानैदेखि हिमपात भएको छ। हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ।

तापक्रम अहिले माइनस ८ डिग्री सेल्सियस पुगेको छ । चिसो बढेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। सिमकोटसहित उत्तरी क्षेत्रका गाउँमा बाक्लो हिउँ जमेको छ।

उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ ।

लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन्। हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने भन्दै किसान हर्षित भएका छन् ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved