राष्ट्रपतिप्रति ओलीको आक्रोश : तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्

नेपालभ्युज

राष्ट्रपतिप्रति ओलीको आक्रोश : तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संघिय संसद्का महासचिव नियुक्ति अड्काएको भन्दै राष्ट्रपति पौडेलप्रति आक्रोश पोखेका हुन्। उनले राष्ट्रपति सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप लगाए ।

‘सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त रूपमा गर्नुभएको सिफारिसलाई किन रोकेको ? राष्ट्रपति कांग्रेस भइदिनुभएन, उहाँ कांग्रेस भइरहनुभएको छ, उहाँ कांग्रेसको भइसक्नुभयो। तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्। आफूले पाएको अधिकार प्रयोग गर्नूस्, तपाईं गठबन्धनको प्रतिनिधि हैन।’ ओलीले भने ।

राष्ट्रपतिमा बहुमतको दम्भ रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved