सन् १९९७ मा अक्षय–शाहरुखले बलिउडमा पिटेका थिए तहल्का

नेपालभ्युज

सन् १९९७ मा अक्षय–शाहरुखले बलिउडमा पिटेका थिए तहल्का

एजेन्सी । विगत तीन दशकदेखि शाहरुख खान र अक्षय कुमार बलिउडमा सक्रिय छन् ।

९० को दशकमा अक्षय र शाहरुखको बलिउडमा प्रवेश लगभग एकसाथ नै भएको थियो । अक्षयले सन् १९९१ मा आएको फिल्म ‘सौगन्ध’बाट बलिउडमा कदम राखेका थिए । त्यस्तै शाहरुख सन् १९९२ मा आएको फिल्म ‘दीवाना’ बाट बलिउडमा प्रवेश गरेका थिए ।

अक्षय र शाहरुखले सँगै काम भने ‘दिल तो पागल हे’ मा मात्र गरेका छन् । यो फिल्म दर्शकलाई एकदमै मन परेको थियो । फिल्म बक्स अफिसमा ब्लकबस्टर सावित भएको थियो ।

यो फिल्म सन् १९९७ को सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो । त्यसपछि शाहरुख र अक्षयले सँगै काम गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved