संसदको आगामी अधिवेशन कार्यतालिका अनुसार नै सञ्चालन हुने

नेपालभ्युज

संसदको आगामी अधिवेशन कार्यतालिका अनुसार नै सञ्चालन हुने

काठमाडौं । प्रतिनिधि सभाका सभमुख देवराज घिमिरेले आगामी अधिवेशनलाई कार्यतालिका नै बनाएर सञ्चालन गर्ने भएका छन् ।

शुक्रवार प्रतिनिधि सभामा रहेका दलका सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा कार्यतालिका अनुसार चलाउने योजना रहेको जानकारी गराएका हुन् ।

सिंहदरबारमा भएको छलफलमा प्रतिनिधि सभाका सांसदहरुलाई संसद बैठक, समिति बैठक र जिल्ला भ्रमणको समय व्यवस्थापन हुनेगरी छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । उनले बैठकलाई चलाउने कार्यतालिका प्रस्तुत गरेको  र बैठकलाई कसरी प्रभावकारी रुपमा बढाउन सकिन्छ,  भन्नेबारेमा छलफल भएको बताए ।

उनले विद्युतीय हाजिरीको सम्बन्धमामा पनि छलफल भएको र छलफलमा हिउँदे अधिवेशन (माघ २२) बाटै विद्युतीय हाजिरी औपचारिक रुपमा शुरुवात गर्ने गरी छलफल भएको बताए । उनले छलफलमा समितिको सभापति टुंग्याउने र बनाउन बाँकी संयुक्त समिति छिटै बनाउने बारेमा छलफल भएको बताए ।

उनले अबको अधिवेशनमा धेरै भन्दा धेरै विधेयकहरुलाई सघन ढंगले छलफल गर्ने, समयमै ऐनहरु निर्माण गर्ने र काममा जाने, जनताका मुद्दाहरुलाई सदनभित्र  सशक्त र प्रखर ढंगले आउने वातावरण निर्माण गर्नुपर्ने हिसावमा छलफल भएको पनि बताए ।

यता, सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ २२ गतेदेखि अधिवेशन प्रारम्भ हुने कुरालाई क्यालेण्डरअनुसार कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको बताए । उनले हिउँदे अधिवेशनमा बढी भन्दा बढी विधेयक पारित हुने पनि बताए । उनले विभिन्न देशका मैत्री समूहहरु बनाउन बाँकी रहेकाले समूह बनाउन छिटो काम गर्नेबारेमा पनि छलफल भएको बताए ।

प्रमुख सचेतक लेखकले सुनुवाई समितिको सभापति चयन हुन नसकेकाले छिटै चयन गर्ने र बनाउन बाँकी संयुक्त समिति बनाउन पनि छिटै बनउने बारेमा छलफल भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved