कर्णाली एक्स्पो गर्ने बाटो खुल्यो

नेपालभ्युज

कर्णाली एक्स्पो गर्ने बाटो खुल्यो

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले गर्न लागेको कर्णाली एक्स्पो गर्ने बाटो खुलेको छ । उच्च अदालत सुर्खेतमा परेको रिटको अदालतबाट परामादेश पाएपछि कर्णाली एक्स्पो गर्ने बाटो खुलेको हो ।

उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राई संयुक्त इजालसले गरेको फैसला अनुसार ‘निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा बिचार गर्दा, सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ बमोजिम सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सकिने र ऐ. ऐनको दफा ४९ मा पुनरावलोकन समिति समक्ष दिन सकिने भन्ने कानुनी व्यवस्थाका आधारमा रीट निवेदकको बोलपत्र स्वीकृत नभएको हकमा वैकल्पिक मार्ग उपचारको मार्ग अम्बलन नगरी सोझै अदालतमा गर्नुका साथै मेला महोत्सव जस्तो विषयमा विपक्षी ओम शान्ति मुक्ति इभेन्ट म्यानेजमेन्टको आसयपत्र स्वीकृत भई कार्यदेशसमेत प्राप्त गरिसकेको यस अवस्थामा सुविधा र सन्तुलन तथा विपक्षीहरूका तर्फबाट निवेदनसाथ पेस भएको दर्ता रजिस्टर समेतका आधारमा निवेदन माग बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न मिलेन’ भनिएको छ ।

अदालतको आदेशले कर्णाली एक्स्पो गर्ने बाटो खुलेको महोत्सव केही दिन पछाडि जान सक्ने उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

‘यही माघ २६ गतेबाट गर्ने भनिएको कर्णाली एक्स्पो दुई चार दिन पछाडि हुन सक्छ ’ उनले भने, ‘महोत्सवका सम्पूर्ण तयारी पुरा भएका छन् ।’
कर्णाली एक्स्पोको व्यापक तयारी भएको, कर्णालीको कला तथा संस्कृति झल्किने गरी महोत्सवको आयोजना गरिने सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले बताए ।

‘महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरिनेछ ’ उनले भने, ‘कर्णालीका कला, संस्कृति, यहाँका रैथानेहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved