सुनको मूल्यमा पाँच सय रुपैयाँले वृद्धि, चाँदी भने घट्यो

नेपालभ्युज

सुनको मूल्यमा पाँच सय रुपैयाँले वृद्धि, चाँदी भने घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बिहीबार पुनः बढेको छ ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार स्थिर रहेको चाँदीको मूल्य भने बिहीबार तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार, बिहीबार चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved