आगामी बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग

नेपालभ्युज

आगामी बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग
फाइल फोटो

काठमाडौं । भर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेको निर्वाचन आयोग अब भने उप निर्वाचनको तयारीमा जुटेको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनलागि आयोगले छलफलको तयारी गरेको हो ।

उपनिर्वाचनको मिति घोषणाका लागि आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको जनाएको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोग पदाधिकारीले बैशाखमा उपनिर्वाचन गर्ने प्रस्तावसहित प्रधानमन्त्रीसँग छलफल गर्ने बताइएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन् । स्थानीय तहको कार्यकाल अझै करिब तीन वर्षभन्दा बढी भएकाले उपनिर्वाचन गरिन लागेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा प्रत्यक्षतर्फ निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने उल्लेख छ ।

आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छने । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक÷एक पद रिक्त छन् । कोशी प्रदेशको इलाम–२ प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ १ (क) मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन् ।

२३ जना प्रतिनिधिको भने मृत्यु भएका कारण पद रिक्त भएको हो भने दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि ती पद रिक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved