बक्स अफिसमा घुँडा टेक्दै फिल्म ‘फाइटर’

नेपालभ्युज

बक्स अफिसमा घुँडा टेक्दै फिल्म ‘फाइटर’

एजेन्सी । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको बलिउड फिल्म ‘फाइटर’ ले दर्शकको आशालाई निरासामा बदलेको छ ।

अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’ एकदमै धेरै बजेटमा बनेको फिल्म हो । सन् २०२४ को पहिलो चर्चित एरियल एक्सन फिल्मप्रति दर्शक तथा समिक्षकलाई धेरै आशा थियो । तर अहिले त्यो आशा निरासामा बदलिएको छ ।

‘फाइटर’ले प्रदर्शनमा आएको ६ दिनमा जम्मा १३४ करोड भारतीय रुपैयाँ कमाई गरेको छ । यसका साथै यो फिल्मले सातौं दिन जम्मा ४.४५ करोड रुपैयाँ बराबरको कमाई गरेको छ ।

घरेलु बक्स अफिसमा फाइटरको सात दिनको कुल कमाई जम्मा १३८ करोड रुपैयाँ भएको छ । फिल्मबाट अझै धेरै कमाईको अपेक्षा गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved