प्रधानमन्त्री प्रचण्डको दाबी- ‘जनतालाई अबचाहिँ केही हुन्छ भन्ने लागेको छ’

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको दाबी- ‘जनतालाई अबचाहिँ केही हुन्छ भन्ने लागेको छ’
पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्वीर

काठमाडौं । यसअघि जनतामा निराशा छाएको दाबी गर्दैआएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भने जनतामा केही हुन्छ भन्ने लागेको देखिएको बताएका छन् ।

सरकारको जनमुखी कदमहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको उनको दाबी छ ।

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जनतामा ‘अबचाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन् ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए ।

उनले भने, ‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ । यस्ता कार्यहरूले जनतामा आशा जगाएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved