रास्वपाले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले पर्सी शुक्रबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिकका मुद्दालगायतमा छलफल गर्न बैठक बोलाइएको सांसद गणेश पराजुलीले बताए । संसदको बैठक माघ २२ गतेलाई तय गरिएको छ ।

हिउँदे अधिवेशनका रुपमा खुल्न लागेको संसदलाई बिजनेश दिने गरि सरकारले समेत छलफल अघि बढाएको छ ।

अघिल्लो संसद बैठकले एउटा मात्रै कानुन बनाएको भन्दै सर्वत्र आलोचना बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको अधिवेशनलाई फलदायी बनाउने बताउदै  आएका  छन्  ।

सोही अनुरुप दाहालले कानुन मन्त्रालयका अधिकारीसँग आगामी संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved