प्रमोद खरेलको ‘चोट’मा उषा र एलपी (भिडिओ)

नेपालभ्युज

प्रमोद खरेलको ‘चोट’मा उषा र एलपी (भिडिओ)

काठमाडौं । प्रमोद खरेल स्वरवद्ध नयाँ गितीभिडिओ ‘मनमा पर्यो‍ चोट’ सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

स्वार्थकेन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।
पछिल्लो समयमा युवा युवतीमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्बन्धित व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई निर्देशक गौरव गिरीले भिडिओमा चित्रण गरेका छन् ।

मोडलद्वय एलपी शर्मा र उषा उप्रेतीको जीवन्त अभिनय भिडिओमा देख्न सकिन्छ । साथमा कलाकार भद्रजंग कुँवर समेत अभिनयमा रहँदा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्कालाई पनि देख्न सकिन्छ ।

गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका उदयिमान सङ्गीतकार रोहित देउवाले सङ्गीत भरेका छन् । एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

वसन्त कुँवरले छायांकन गरेको भिडियोमा कालिन्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । सम्पादन बलभद्र कुँवरको रहँदा मेकअपमा सरस्वती श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा दिनेश खड्का छन् ।

यसअघि सामाजिक कथावस्तु बोकेको लिलूमा देखिएका मोडल शर्मा त्यसपछि प्रेम भावको गीतमा पनि फिट देखिएका छन् । फरक विधाका कथावस्तुमा अभिनयमा रुचि राख्ने शर्मा यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved