नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अङ्कको सुधार देखिएको छ ।

नेपालभ्युज

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अङ्कको सुधार देखिएको छ ।

नेप्से परिसूचक मंगलबार १४.८८ अङ्कले बढेर दुई हजार ११९.६१ को बिन्दुमा कायम भएको हो । आज ३०८ कम्पनीको एक करोड ५१ लाख ७८ हजार ३६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ बराबरको कारोबार भएको छ ।

मंगलबार बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको रु ७५ करोड २७ लाख ८६ हजार ९१८ बराबरको १० लाख ७० हजार १७२ कित्ता शेयर किनबेच भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved