वडाध्यक्षले आफ्नै लगानीमा गाँउमा नि:शुल्क इन्टरनेट सेवा दिए

नेपालभ्युज

वडाध्यक्षले आफ्नै लगानीमा गाँउमा नि:शुल्क इन्टरनेट सेवा दिए

सोलु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा निशुल्क इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् ।

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको हो ।

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार नभएको अवस्थामा वाइफाइ सेवाबाट सर्वसाधारण लाभान्वित हुने वडाध्यक्ष शेर्पाले बताए ।

इन्टरनेटको सहज पहुँचहुँदा विद्यार्थी, अभिभावक, सुरक्षाकर्मीलगायत लाभान्वित हुने उनको विश्वास छ ।

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीय खुसी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved