प्रधानमन्त्री कप क्रिकेट

बागमतीले लुम्बिनीलाई हरायो, इशानको अर्धशतक

नेपालभ्युज

बागमतीले लुम्बिनीलाई हरायो, इशानको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो।

१०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। बागमतीका लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले। ५४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै इशानले ५० रन बनाए। कप्तान रित गौतमले २४ र आशुतोष घिरैयाले १४ रन बनाए। लुम्बिनीका लागि निर्मल गुरुङले २ तथा कृष्णा कार्की र अभिषेक गौतमले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.२ ओभरमा १०६ रनमा अलआउट भयो। लुम्बिनीका लागि कप्तान सुशान्त थापा २८ र निर्मल गुरुङले अविजित २७ रन बनाए।

बागमतीका लागि सूर्य तामाङले ६ विकेट लिए। प्रतियोगितामा सूर्यले हालसम्म कुल ३० विकेट लिएका छन्। विपिन आचार्यले २ तथा प्रतिस जिसी र कृजन गुरुङले १–१ विकेट लिए।

छैँटौँ जित हासिल गरेको बागमती १२ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। ६ खेलबाट मात्र २ अंक जोडेको लुम्बिनी भने नवौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved