साताभर राताम्मे सेयर, बजारमा ७१.७१ अंकको गिरावट

नेपालभ्युज

साताभर राताम्मे सेयर, बजारमा ७१.७१ अंकको गिरावट

काठमाडौं । यो साताभर सेयर बजार राताम्मे भएको छ । साताको कारोबारको पहिलो दिन आइतबारदेखि अन्तिम दिन बिहीबारसम्म सेयर बजारमा गिरावट कायम रह्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साताभर नेप्से ७१.७१ अंकको गिरावट आएर १० हजार ४९९.२९ विन्दुमा पुगेको छ । यो साताको आइतबार नेप्सेमा २५.६३ अंकको गिरावट आएको थियो भने सोमबार ३१.४९ अंकको गिरावट आएको थियो ।

त्यस्तै, मंगलबार ०.४० अंकले घटेको सेयर बजार बुधबार पनि निराशाजनक बन्यो । बुधबार १०.२५ अंकको गिरावट आएको नेप्से परिसूचक साताको कारोबार हुने अन्तिम दिन बिहीबार ३.९४ अंकले घटेको थियो ।

साताको पहिलो दिन नेप्सेमा २५.६३ अंकको गिरावट आएर २१३०.१८ को विन्दुमा पुगी बन्द भएको थियो । जहाँ, ३०८ कम्पनीको १ लाख ६६ हजार ९६३ पटकको कारोबारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम ७ अर्ब ६७ करोड ७७ लाख ७४ हजार रहेको थियो ।

सोमबार नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८ दशमलव ६९ विन्दुमा पुगेको थियो । जसमा ३०७ कम्पनीको १ लाख ५० हजार ५४३ पटकको कारोबारमा १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ रहेको थियो ।

मंगलबार भने नेप्सेमा झिनो अंकको मात्र गिरावट देखियो । मंगलबार नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २०९८ दशमलव २९ विन्दुमा पुगेको थियो । जहाँ, ३१० कम्पनीको १ लाख १७ हजार ६६६ पटकको कारोबारमा १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा साताको कारोबारको चौथो दिन पनि नेप्सेमा गिरावट कायमै रह्यो । बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ को विन्दुमा पुगेको थियो ।

जहाँ, ३११ कम्पनीको ९० हजार २१० पटकको कारोबारमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ रहेको थियो ।

त्यसै गरी, साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ को विन्दुमा पुगेको थियो । बिहीबार ३०४ कम्पनीको ९१ हजार ३६४ पटकको कारोबारमा १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved