प्रधानमन्त्री कप क्रिकेटमा आज तीनवटा खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा आज तीनवटा खेल हुँदै

काठमाडौं र प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा आज पनि तीनवटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुने खेलमा गण्डकी प्रदेश र मधेश प्रदेश भिड्दै छन् । गण्डकी पाँचमध्ये दुई खेल जितेर ४ अंकसहित तालिकाको आठौँ स्थानमा छ भने मधेश सातमध्ये चार खेल जितेर ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

मूलपानी क्रिकेट मैदानमा सवा ९ बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन् । सात खेल खेलेको बागमती चार खेलबा ८ अंकसहित चौथो स्थानमा रहँदा सुदूरपश्चिम भने चार खेल जितेर ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

बिहान ९ बजे नै भैरहवाको सिद्धार्थनगरमा हुने अर्को खेलमा एपीएफ क्लब र लुम्बिनी प्रदेश भिड्ने छन् । खेलेका पाँचमध्ये दुईमा जित निकाल्दै ४ अंक जोडेको एपीएफ सातौँ स्थानमा छ भने ४ खेलमा एउटा मात्रै जितेकोे लुम्बिनी २ अंकसहित नवौँ स्थानमा छ ।

अपराजित नेपाल पुलिस क्लब पाँच खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहँदा आठ खेलमा एक खेल पनि नजितेको कोशी भने तालिकाको पुछारमा छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved