धनगढीका व्यापारी ५ तलाबाट हाम फाले, कारण खुल्न बाँकी

नेपालभ्युज

धनगढीका व्यापारी ५ तलाबाट हाम फाले, कारण खुल्न बाँकी
प्रतिकात्मक तस्वीर

धनगढी । धनगढीका एक जना ५३ वर्षीय व्यापारीले ५ तलाबाट हाम फालेका छन् ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

आज बिहान करिब ११ः२० बजे हाम्फालेर घाइते भएका अग्रवालको उपचारको क्रममा मृत्यु भएको उनले बताए । अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए ।

छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।

शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन् । हाल उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको आत्महत्याको कारण भने खुल्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved