भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ भने यस्ता कागजात तयार पार्नुहोस्

नेपालभ्युज

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ भने यस्ता कागजात तयार पार्नुहोस्

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेका लागि नयाँ कार्यविधि जारी गरेको छ । नयाँ कार्यविधि आजदेखि लागु भएको छ ।

भ्रमण तथा पर्यटक भिसामा विदेश जानेसँग अनिवार्य कम्तिमा ६ महिनाको म्याद भएको राहदानी हुनु पर्ने छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा आफन्तकोमा बस्ने भए एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नु पर्ने छ ।

त्यस्तै, भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाले ब्योहर्ने भए निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण हुनुपर्ने छ ।

संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्ने हो भने स्वघोषणा गर्नुपर्ने छ । स्वघोषणामा संलग्न विवरणको प्रमाणको जिम्मेवारी यात्रु स्वयम् हुने छन् । स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने उल्लेख छ ।

भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको हो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved