बिहान उठेर दलिया खानुहोस, घट्नेछ तौल

नेपालभ्युज

बिहान उठेर दलिया खानुहोस, घट्नेछ तौल

एजेन्सी । अहिलेको समयमा स्वस्थ तथा फिट शरीर सबैले चाहिरहेका हुन्छन् । तर, खानपान तथा खराब जीवनशैलीले मानिसको शरीर भद्दा हुँदै गइरहेको छ ।

यस्तोमा बिहानको नास्तामा तपाईंले एउटा मात्रै चीज समावेश गर्नुभयो भने फिट तथा स्लिम बन्न सक्नुहुन्छ ।

तौल कम गर्न चाहनुहुन्छ भने बिहान प्रोटिनले भरपूर नास्ता गर्नुहोस् । यो नास्तामा दलिया खानुहुन्छ भने यसले तपाईंलाई तौल कम गर्न सहयोग गर्नेछ ।

दलिया बिहानको नास्ताका लागि एकदमै उत्तम आहार हो । यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ भने प्रोटिन, भिटामिन तथा फाइबरको मात्रा धेरै हुन्छ । जसले तपाईंको तौल कम गर्न सहयोग गर्नेछ ।

यसले पेट तथा पाचन प्रणालीलाई पनि राम्रो बनाइराख्छ । दलियामा उच्च मात्रामा फाइबर हुने भएकाले पेट भरिएको महसुस हुन्छ जसले गर्दा तपाईं पटक पटक खानबाट बच्नुहुन्छ ।

हालै एक अध्ययनमा देखिएको छ कि जो महिला प्रतिदिन दलिया जस्ता चीज सेवन गर्छन् अन्य प्रसोधित खाना खाने महिलाको तुलनामा उनीहरुको तौल नियन्त्रित रहेको देखिएको छ ।

यदि तपाईंको लक्ष्य मांसपेशी बढाउने छ भने प्रोटिनको सेवन अनिवार्य हुन्छ । दलिया प्रोटिन तथा अन्य कयौं पोषक तत्वको राम्रो स्रोत हो जो मांसपेशी निर्माणका लागि आवस्यक हुन्छ ।

दलिया एक प्रसोधन नगरिएको खाना भएकाले यसले उच्च रक्तचाप, मधुमेह तथा मोटोपन जस्ता रोगमा पनि फाइदा गर्छ ।

यो एउटा समान्य जानकारी मात्र हो । कुनै पनि प्रकारको खानपान तथा जीवनशैलीमा परिवर्तन गर्न विशेषज्ञ तथा डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved