संसारकै धनी परिवार : जो सँग छन् ८ निजी विमान र ७ सय कार

नेपालभ्युज

संसारकै धनी परिवार : जो सँग छन् ८ निजी विमान र ७ सय कार

एजेन्सी । संयुक्त अरब इमिरेट्स अर्थात यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान एकपटक फेरि चर्चामा छन् ।

राष्ट्रपति शेख मोहम्मद अबु धाबीका १७औं शासक हुन् । उनको परिवार संसारकै सबैभन्दा धनी परिवार हो ।

रिपोर्टअनुसार अल नाहयान शाही परिवारसँग ४ हजार ७८ करोड पर्ने राष्ट्रपति महल छ । त्यस्तै अल नाहयान परिवारसँग संसारको सबैभन्दा धनी फुटबल क्लब पनि छ । साथमा उनीहरुको परिवारसँग ८ वटा जेट विमान पनि छन् ।

यो परिवार आबुधाबीमा सुनले बनेको कसर अल वतन राष्ट्रपति महलमा बस्छ । यो शाही महल युएईमा रहेको सबैभन्दा विशाल संरचना हो ।

यो विशाल महलमा ३ लाख ५० हजार क्रिस्टलबाट बनेको एकदमै महंगो झुमर पनि छ । अल नाहयानसँग सात सय भन्दा धेरै कारहरुको संकलन छ ।

अल नाहयानले संसारका ६ वटा ठूला कम्पनीमा लगानी गरेका छन् । शेख मोहम्मद बिन जायद परिवारका मुखिया हुन्, उनका १८ भाई तथा ११ दिदीबहिनी छन् । त्यस्तै उनका ९ बच्चा तथा १८ नातिनातिना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved