मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत २ विद्यार्थीको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत २ विद्यार्थीको मृत्यु
सांकेतिक तस्वीर।

पर्सा । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा भएको दुर्घटनामा एमबीबीएस अध्यनरत दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरू धनुषाका सुमित यादव र बारा सुवर्णपुरका संजित यादव हुन् । वीरगंजको भिष्वाबाट भेडियाहीतर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा थियो । अनियन्त्रित भई सो दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved