अल्टिमाको नयाँ प्रडक्टमा आइएमई पेमार्फत भुक्तानीमा छुट

नेपालभ्युज

अल्टिमाको नयाँ प्रडक्टमा आइएमई पेमार्फत भुक्तानीमा छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यही माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ को खेल सार्वजनिक गरेको छ ।

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आबद्ध भई १ रुपैयाँको खेल सुरु गरेको हो । साथै खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पे मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै, प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (१५० रुपैयाँसम्म) पनि प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved