प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले कोशीलाई दियो १६८ रनको लक्ष्य, अभ्यासको ६ विकेट

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले कोशीलाई दियो १६८ रनको लक्ष्य, अभ्यासको ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशलाई गण्डकीले आज १६८ रनको सामान्य लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कोशीका अभ्यास तिमिल्सिनाले घातक बलिङ गरेपछि गण्डकी १० बलअगाडी नै १६७ रनमा अलआउट भएको हो।

गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए । उनले सात चौका प्रहार गरेका थिए । यस्तै विपीन खत्रीले ४२ रनको योगदान गरे ।

अभ्यासले ९।२ ओभर बलिङ गर्दै ६ विकेट लिए । उनले मात्र २३ रन दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved