उच्चस्तरिय भेटघाटसँगै सुरू भएको निर्वाण चौधरीको नयाँ यात्रा (तस्वीर कथा)

विश्व आर्थिक मञ्चमा एक प्रतिनिधीका रुपमा गएका चौधरीको बहुप्रतिष्ठित व्यक्तिहरुसँगको सम्बन्ध र निकटताले अन्य देशसँग नेपालको कुटनीतिक र व्यापारिक साझेदारीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

नेपालभ्युज

उच्चस्तरिय भेटघाटसँगै सुरू भएको निर्वाण चौधरीको नयाँ यात्रा (तस्वीर कथा)

काठमाडौं । नेपालका सबैभन्दा धनि व्यक्ति विनोद चौधरीका छोरा निर्वाण चौधरीको सामाजिक सञ्जाल पछिल्लो समय रोचक देखिएको छ ।

चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण हाल स्वीट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चमा नेपालबाट सहभागी भएका छन् ।

उनले आफ्नो ट्वीटर (एक्स) मा डाभोसमा जनवरी १९ मा अल्पाइन अर्थतन्त्रबाट निजी क्षेत्रबाट बोल्ने पहिलो नेपाली भनेर पोस्ट गरेका छन् । उनको यो पोस्टमा प्रयोगकर्ताले नेपालको निजी क्षेत्र लाई नयाँ उचाईमा पुर्याएको भन्दै चौधरीलाई बधाई र शुभकामना दिएका छन् ।

डाभोसमा जनवरी १९ मा अल्पाइन अर्थतन्त्रबाट निजी क्षेत्रबाट बोल्दै निर्वाण चौधरी

निर्वाणले डाभोसमा एकपछि अर्को बहुचर्चित व्यक्तिसँग भेटघाट गरिरहेका छन् । विश्वका धनी व्यक्तिमध्ये चौथो स्थानमा पर्ने माइक्रोसफ्टका संस्थापक बील गेट्ससँग पनि उनले डाभोसमा भेटेर तस्वीर खिचाए ।

निर्वाणले ३० वर्षअघि विनोद चौधरी सहभागी भएको विश्व आर्थिक मञ्चमा आज आफू सहभागी भएकोमा खुसी प्रकट गर्दै लेखेका छन् ।

“३० वर्षअघि मेरा बुवा विश्व आर्थिक मञ्चको सबैभन्दा प्रतिष्ठित कार्यक्रम डाभोसमा भविष्यका वैश्विक नेताका रूपमा आउनु भएको थियो। आज म पनि यहाँबाट आफ्नो यात्रा सुरु गर्दै छु ।”

उनको यो तस्वीर र भनाईले विश्व आर्थिक मञ्चमा नेपालको गहकिलो प्रतिनिधित्व भएको दर्शाएको छ ।

विश्वका धनी व्यक्तिमध्ये चौथो स्थानमा पर्ने माइक्रोसफ्टका संस्थापक बील गेट्ससँग निर्वाण चौधरी

त्यसो त निर्वाणले २०२४ लागेदेखि नै विश्वका विभिन्न प्रतिष्ठित व्यक्तिसँग भेटेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । हालै भारतीय व्यवसायी रतन टाटासँगको फोटो पोस्ट गर्दै उनले टाटालाई जन्मदिनको शुभकामना दिए ।

भारतीय व्यवसायी रतन टाटासँग निर्वाण चौधरी

निर्वाणले भारतीय चेम्बर अफ कमर्शका अध्यक्ष अमेय प्रभुलाई नेपालमा स्वागत गर्दै सीएनआईसँगको कार्यक्रममा एसियाली चेम्बर युनियन संयुक्त रूपमा लन्च गर्न र महिला नेतृत्व मञ्चलाई बलियो बनाउन उनको आगमनबाट खुशी लागेको पनि बताए ।

त्यस्तै भारतीय व्यवासयी गौतम अडानीसँग पनि उनले भेट गरेका छन् । उनले व्यावसायिक व्यक्ति मात्रै नभएर दक्षिण एशियाका उच्च पदस्थ व्यक्तिसँग समेत तस्वीरहरू पोस्ट गरिरहेका छन् ।

भारतीय प्रख्यात व्यवसायी गौतम अनाडीसँग निर्वाण चौधरी

निर्वाणले डाभोसमा श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमसिंघे, भारत महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेसँग भेट गर्न पाउँदा गौरवान्वित भएको भन्दै तस्वीर पोस्ट गरेका छन् ।

निर्वाणले डेलका कार्यकारी अधिकृत माइकल डेल, बेलायतका गीत रचनाकार रोबर्ट स्मिथ र संगीतकार नाइल रोजर्ससँग समेत भेटघाट गरेका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देसँग निर्वाण चौधरी

डाभोसमा आयोजित एक छलफलमा नेपालको दृष्टिकोणबाट उत्पादनको भविष्यबारे छलफल गरेको उनले जनाएका छन् । उनले शुक्रबार मात्रै विश्व आर्थिक मञ्चका संस्थापक प्रोफेसर क्लाउस श्वाबसँग भेट गरेको फोटो पोस्ट गर्दै युवा वैश्विक नेतृत्व मञ्च सिर्जना गरेकोमा धन्यवाद दिएका छन् ।

विश्व आर्थिक मञ्चमा एक प्रतिनिधीका रुपमा गएका चौधरीको बहुप्रतिष्ठित व्यक्तिहरुसँगको सम्बन्ध र निकटताले अन्य देशसँग नेपालको कुटनीतिक र व्यापारिक साझेदारीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । सँगसँगै नेपाली व्यवसायीको छवी पनि अन्तराष्ट्रिय स्तरमा नै बलियो बनाउने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved